Mero Chitwan
नारायणी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन चितवन प्रशासनको अपिल

चितवन : मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेकोले त्रिशूली नदी र नारायणी नदी किनारमा पनि सर्तकता अपनाउन चितवन प्रशासनले अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्रकाशित  सूचना बमोजिम त्रिशूली र नारायणी नदी किनार वरपर बसोबास गर्ने नागरिकलाई २४ घण्टासम्म सतर्क रहन अपिल गरेको हो ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बिस्थापित हुन गई नदीमा बहाब बढ्न गएको सूचनामा जनाइएको छ । सोही सूचना अनुसार त्रिशूली र नारायणी नदी आसपासमा बसोबास गर्ने नागरिकलाई सचेत रहन प्रशासनले अपिल गरेको हो ।

Jilla-prasasan-karyalaya-1713702370.webp

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update