Mero Chitwan
मस्तिष्क मृत्युपछि अंगदान गर्न प्रधानमन्त्री दाहालको आह्वान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि खरानी भएर जाने अङ्गदान गर्न सबैलाई आह्वान गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आज आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा प्रधानमन्त्री दाहालले मस्तिष्क मृत्यु भएको मानवको अङ्गबाट अरूले पुनर्जीवन पाउने भएकाले अङ्गदान गर्न नहिचकिचाउन आग्रह गरे ।

मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो,’ उनले भने आफ्नो दोस्रो कार्यकालमै प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय भए पनि अहिलेसम्म काम अगाडि नबढेकाले यो कार्यकालमा टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता पनि उनले जनाए ।

अहिलेसम्म देशभर २२ सय वटा मिर्गौला र २५ वटा कलेजो प्रत्यारोपण भएको छ । नेपालमा वार्षिक ३ हजार जनाको मिर्गौला र १ हजार जनाको कलेजो फेल हुने गरेको चिकित्सक बताउँछन् । देशैभर प्रत्यारोपण केन्द्र स्थापना गर्ने प्रतिबद्धता सरकारले जनाए पनि अझै यो सेवा देशभर विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update