रवि लामिछानेले भने - मेरो नाममा फर्जी ऋण प्रवाह भयो

काठमाडौं । सुप्रिम सहकारीमा रकम हिनामिना प्रकरणमा आफ्नो नाम मुछिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फर्जी ऋण प्रवाह भएको दाबी गरेका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आफ्नो नाममा फर्जी खाता बनाएर ऋण प्रवाह भएको जिकिर गरेका हुन् ।
आफ्नो व्यक्तिगत खातामा सहकारीको पैसा नआएको उनको दाबी छ । ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तीनपुस्ते विवरणलगायत कुनै विवरण अनुसन्धानले फेला नपारेको भन्दै ऋण नलिएको जिकिर लामिछानेको छ ।
अभियोगपत्रमा आफूमाथि कुनै आरोप पुष्टि नभएको र नाम मात्रै लेखिदिएकाले कारबाहीको भागी नहुने उनको प्रस्टीकरण छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ २१:०७
प्रतिक्रिया दिनुहोस्