Mero Chitwan
विशेष अदालतमा पुराना ३५९ थान मुद्दा बाँकी

काठमाडौं : विशेष अदालतमा ३५९ थान पूराना मुद्दा बाँकी रहेको पाइएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतले ती मुद्दा आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरु पनि असारमसान्तसम्म ५० प्रतिशत फछ्र्यौट गरिसक्ने कार्ययोजना रहेको बताए । उनले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको उल्लेख गर्दै अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए । विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पती आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पती शुद्धिकरणका मुद्दा २९ रहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update