Mero Chitwan
विक्रम बाबा पूजा एवं मेलाको औपचारिक शुभारम्भ, पूजा गर्न साँझ ६ बजेसम्मको समय निर्धारण

भरतपुर- चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंगलबारदेखि औपचारिक रुपमा  विक्रम बाबा पुजा एवं मेला सुरु भएको छ । मेला एवं पूजाको  भरतपुर महानगरपालिका उप प्रमुख एवं मेला आयोजना मूल समारोह समितिका संयोजक चित्रसेन अधिकारीले पूजा आराधना गरी शुभारम्भ गरेका हुन् । प्रत्येक वर्ष चैत कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुने गर्दछ। 

मेलाको शुभारम्भ गर्दै उपप्रमुख अधिकारीले विगतमा थारु समुदायले मात्रै मनाउँदै आएको यस पर्वलाई अहिले सबै जातजातीले उतिकै महत्वका साथ मनाउँदै आएको बताए । 

bikram-1712683048.jpg

चैते दसैँमा हजारौं भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुर लगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

मन्दिरमा पूजा गर्न बिहान ६ बजे देखि साँझ ५ बजे सम्म समय तोकिएको छ । साँझ ५ वजे पछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

विक्रम बाबाको दर्शन गर्नाले सन्तान प्राप्ति, सुख शान्ति लगायतका मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । जानकारहरुका अनुसार वनाम गरेको आदीबासीहरुको (गुरौ) को बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गर्नाले मनले चिताएको पूरा हुन्छ भन्ने बिश्वास पनि रहिआएको छ । चितवनको राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update