Mero Chitwan
चितवनको वायुमण्डलमा धुँवाको मात्रा अत्यधिक, सर्तकता अपनाउन सुझाव

चितवन : चितवनमा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभरसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा लागेको लागेको डढेलोका कारण चितवनको वायु प्रदूषण बढेको हो । कतै घाँसे मैदान व्यवस्थापन गर्न र कतिपय प्राकृतिक कारणबाट पनि डढेलो फैलिएको छ । सर्वसाधारणहरुले पनि कृषिजन्य उत्पादनका फोहर र अन्य फोहर जलाउने गरेका कारण वायुमण्डलमा धुँवाको मात्रा अत्याधिक भएको हो ।

सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि निकै धुलो उडेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदुषणका कारण आँखा पोल्ने, श्वासप्रश्वास बढ्ने, छाला चिलाउने लगायतका समस्या देखिन थालेका छन् ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार चितवनको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) कसरा नजिकको सेन्सरले ७०० बढी देखाएको छ। त्यस्तै गरेर मेघौलीको सेन्सरले ५५० बढी , भिमनगरमा ६५० बढी, र भरतपुरमै पनि ३५० बढी छ । एक्यूआई ३०० बढी हुदा स्वास्थ आपतकालीन अवस्था हुने गर्दछ।

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मुलुकभर लागेको डढेलोको असर चितवनलगायतका सहरको वायूमा परेको बताए ।  तिवारीका अनुसार वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जानेछ। जसका कारण यहाँको वातावरण अत्यन्तै हानिकारक तहमा पुगेको छ ।  बाहिर निस्किन नपरे बाहिर नजाने,र मास्क लगाउने, आँखा चिसो पानीले पटक पटक धुने गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update