Mero Chitwan
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने  विक्रम बाबा मेला आजदेखि सुरु

चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एकमात्र विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । चैते दशैंका अवसरमा लाग्ने मेलाको आज निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना गरी शुभारम्भ गरे ।

विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ ।विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।

किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी -गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ । तस्बिरहरु - राजेन्द्र आचार्य

   

bikram-baba1-1712593439.jpeg

bikram-baba-1712593438.jpeg

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update