Mero Chitwan
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु

चितवन-कालिका नगरपालिकामा  खोरेतविरुद्धको खोप अभियान सुरु भएको छ । पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान  थालिएको हो ।

अभियानअन्तर्गत पालिकाका  सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद  पौडेलले जानकारी दिए । “आजदेखि अभियान थालेका छौं यो अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । हाम्रो अभियान पालिकाका  पशुलाई रोगमुक्त बनाउनु हो । ”  उनले भने, “पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई   खोपलगाइनेछ ।”  बाख्रालाई भने  भर्खरै पिपीआर रोगविरुद्धको खोप लागएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उनले बताए । 

खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने,  ज्वरो आउनेलगायत लक्षण देखिने पशु विकास अधिकृत पौडेलले बताए ।  अभियानलाई सफल पार्न किसानका  घरगोठमा पुगेर खोप लगाइने जानकारी पनि उनले दिए । 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update