Mero Chitwan
राप्तीको वीरेन्द्रनगर चोकनजिक मोटरसाइकल दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

चितवन–राप्ती नगरपालिका ७ वीरेन्द्रनगर चोकनजिक आज अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

भण्डाराबाट भरतपुरतर्फ जाँदै गरेको प्र २–०२–००५ प १३९९ नम्बरको मोटरसाइकल ना ३ प २८७२ नम्बरको ट्रयाक्टरमा ठोक्किएर अनियन्त्रित भई भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १५७७ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने महोत्तरीको सम्सी गाउँपालिका ४ का रुपेश पण्डितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । 

मोटरसाइकल चालक दीपेन्द्र पण्डितको भने भरतपुरमा उपचार भइरहेको छ । 

ट्रक चालक हेटौंडाका कृष्णप्रसाद दुलाल र ट्याक्टर चालक शरद चौधरीलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले पुनः सञ्चालन भइसकेको छ। 

accident1-1711629845.jpg

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update