Mero Chitwan
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ-पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो । 

  मौसमविद् झाले अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको र यो क्रम अझै केही दिन जारी रहने बताए। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update