Mero Chitwan
रामनगरमा रोकिराखेको बसमा माइक्रोबस ठोक्किँदा ८ घाइते

चितवन–भरतपुरको रामनगरमा बसमा माइक्रोबस ठोक्किँदा ८ जना घाइते भएका छन् । 

प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा काठमाडौं जाँदै गरेको ग २ ख २२५ नम्बरको माइक्रो बस ठोक्किएको हो । बस झापाबाट काठमाडौं जाँदै थियो । 

दुर्घटनामा माइक्रोमा सवार ८ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् । घाइते हुनेहरुमा भरतपुर ११ की मीना सापकोटा, भरतपुर–५ का केशर साह, भरतपुर २१ की मेकना तामाङ, भरतपुर १४ का हरिराम ढकाल, ५१ वर्षीय धनुमाया ढकाल, भरतपुर २ का काशी उपरकोटी, भरतपुर २० का तुलबहादुर घले र गोर्खा सिरान्चोककी प्रिती रम्तेल छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update