Mero Chitwan
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर तीन जना घाइते भएका छन्।

स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमवार राति ११ बजेको समयमा चट्याङ परेको हो ।

चट्याङबाट सोमबहादुरकी उनकी श्रीमति ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा चेपाङ र १२ वर्षीय छोरा रामबहादुर चेपाङ घाइते भएका चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

सानुमाया र मनिषा सामान्य घाइते भएको र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।

छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको र उनको आधारभुत स्वास्थ्य केन्द्र कुरिनटारमा उपचार भइरहेको उनले बताए । चट्याङबाट एक कोठे कच्ची घर पनि नष्ट भएको छ 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update