Mero Chitwan
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ

बाँके :  कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं. ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार चैत १२ गते विकले आफ्नी श्रीमती २१ वर्षीया सुशीला सुनारको ढाडमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाएको र उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याएका थिए । 

धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्‍याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका विकमाथि थप अनुसान्धान जारी रहेको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विक दम्पती कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरस्थित वागेश्वरी होम पाइप एण्ड पोल उद्योगमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update