Mero Chitwan
कर्णालीमा हामफाल्दा बेपत्ता भएका युवकको खोजी जारी*

काठमाडौं- चिसापानीस्थित कर्णाली पुलबाट हामफालेपछि नदीमा बेपत्ता भएका युवकको खोजी जारी छ ।

पुलबाट पौडी खेल्न हामफालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखी स्थायी घर भएका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।

उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।

*यसअघि प्रकाशित समाचार सच्याइएको छ । सम्पादक

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update