Mero Chitwan
घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु

ओखलढुङ्गा-ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु भएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो । 

शुक्रबार साँझ ६ बजे बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खाने क्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update