Mero Chitwan
उखु किसानलाई भुक्तानी दिन ५२ करोड तत्काल निकासा गरिने

काठमाडौँ — सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा आज सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले कृषि क्षेत्र र किसानहरुलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउनसमेत सम्बन्धित मन्त्रालय र सचिवहरुलाई समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update