Mero Chitwan
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार

चितवन–सिन्धुली जिल्ला अस्पतालका चिकित्सकहरुले असोज महिनायताका तलब तथा सुविधा नपाएको भन्दै स्वास्थ्य सचिवलाई गुहारेका छन् । 

छात्रवृत्ति करारका चिकित्सकहरुले असोजयताका पारिश्रमिक तथा दर्सैं तिहारको सुविधा नपाएको र सोहीकारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको भन्दै उनीहरुले स्वास्थ्य सचिवस“ग आग्रह गरेका हुन् । 

अस्पतालका १२ चिकित्सकहरुले अब उप्रान्त नियमित तथा सहज रुपमा समेत पारिश्रमिकको व्यवस्था गरी पद अनुसारको कार्यमा उत्प्रेरणा जगाउन पनि आग्रह गरेका छन् । 

doctor-1702743633.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update