Mero Chitwan
धनराज गिरीका गजल

तिमी आफैं प्रश्नपत्र उत्तर पास फेल !
परीक्षक पनि आफैं ,सय अङ्क ठेल!

तिम्रो भाग्य तिम्रो हातमा,यही भन्ने गीता!
पुर्याउने आफूलाई मन्दिर हो कि जेल ??

यात्री आफैं ,आफैं बाटो गन्तव्य हो आफैं !
चालक आफैं ,तिमी गाडी,आत्मबल तेल !!

अरूलाई दोष दिनु,महामूर्खता हो !!
खाऊ आफैं पकाएर जिन्दगीको सेल!

सधैं साथ दिन्न शरीर , अरू  सारा अरू !!
तिमी कौवा, यो दुनियाँ पाकेको हो बेल!!

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update