Mero Chitwan
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन

 

कैलाली- चिकित्सा शिक्षाा अभियन्ता डा गोविन्द केसीले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन सुरु गरेका छन् ।

गेटा अस्पतालको हाताभित्र गर्ने भने पनि अवरोध गरिएपछि उनले शुक्रबार राति सात बजेदेखि मन्दिरमा अनसन सुरु गरेका हुन् । केसीलाई विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले अवरोध गर्दै अस्पतालको गेटैमा रोकेका थिए ।

संघर्षरत समूहले डा. केसीले विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाउन खोजेको आरोप लगाउँदै अवरोध गरेको  हो । तर डा. केसीले आफू नडराउने बताउँदै प्रतिष्ठान या विश्वविद्यालय जुन मोडालिटी भए पनि चाँडो हुनुपर्‍यो भन्ने आफ्नो माग रहेको बताए । 

आजै काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा डा. केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप, क्षमता वृद्धि र नि:शुल्क औषधिको सुनिश्चितताको माग राखेर अनशन बस्ने बताएका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update