७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण

काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा भएका छन् ।
उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न हिजो आदेश दिएको थियो । उच्चको आदेशपछि आज धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख रुपैयाँ धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी गरी चार कसुरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो । प्रतिवादीविरुद्ध चार कसुरबाहेक विभाग र अख्तियारबाट समेत थप अनुसन्धान गर्नुपर्ने निर्णय सरकारी वकिलको कार्यालयले गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १८:१८
प्रतिक्रिया दिनुहोस्