Mero Chitwan
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार

सुर्खेत- कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो ।

चालु आवभित्रै लगानी सम्मेलन आयोजना गर्नेगरी सरकारले वार्षिक कार्यक्रम तर्जुमा गरेको आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले बताए ।  कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले योजना बनाएको बताउँदै मन्त्री सिंहले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update