Mero Chitwan
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् ।
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ?
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ? करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋणमुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगमले ऋणमुक्त हुँदासमेत मूल्य घटाएको छैन ।
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो ।
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै काठमाडौंको दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा अहिले दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरणको खेल अन्तर्गत आज साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीको सामना गर्नेछ ।
हमासद्वारा थप १४ जना बन्धक रिहा
हमासद्वारा थप १४ जना बन्धक रिहा इजरायल र हमासबीचको ६ दिने संघर्ष विश्राम अन्तर्गत हमासले १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको छ। त्यसबापत इजरायलले पनि थप ३० प्यालेस्टिनी कैदी रिहा गरेको छ ।
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
आज वर्षा र हिमपातको सम्भावना
आज वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
किन पस्दैछ एमाले पहाड ?
किन पस्दैछ एमाले पहाड ?
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन
विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए । उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन ।
Weather Update