Mero Chitwan
एमाले नेताको दाबी : आजै नयाँ मन्त्रिपरिषद् घोषणा

काठमाडौं–नयाँ गठबन्धन निर्माणसँगै आजै नयाँ मन्त्रिपरिषद् घोषणा हुने नेताहरुले दाबी गरेका छन्।

एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् घोषणा हुने जनाएका छन् । जसअनुसार आज सानो आकारको मन्त्रिपरिषद्ले सपथ लिनेछ । एमालेबाट पदम गिरी पहिलो चरणमा मन्त्री बन्ने बताइएको छ ।

surendra-1709524247.JPG

आज बिहान एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले एमाले, माओवादी,जसपा, रास्वपासहितको गठबन्धन निर्माण गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update