Mero Chitwan
बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत

नवलपरासी :अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला(२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन् ।

‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र खतरामुक्त छ,’ उनले भने, ‘१७र१८ प्रतिशतको ब्याजदर अहिले ११ प्रतिशतको हाराहारीमा छ । अब केही समयमा नै ब्याजदर एक अकंमा झर्नेछ ।’

राजस्व संकलन, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गरे । महेषपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उनले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने आश्वासन दिए ।

मेला फागुन ३० गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update