Mero Chitwan
अब म्यानपावरमार्फत् नेपाली श्रमिक जापान पठाइने

काठमाडौं- सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई जापान पठाउने बाटो खुला गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस सम्बन्धी ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लू) श्रमिकको माग ल्याउन र जापान पठाउनका लागि आवश्यक बाटो खुला गरेको हो।

मन्त्रालयले जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८०  मगलबार जारी गरेसगै संस्थागत रूपमा माग ल्याउन र जापान पठाउनका लागि बाटो खुलेको हो। 

कार्यविधिमा जापानमा ‘स्पेसिफाइड स्किल वर्कर’ पठाउने म्यानपावर कम्पनीसँग भाषा र सिपका लागि प्रचलित मापदण्ड बमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र या पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता गरी लिएको तालिम केन्द्र भएको हुनुपर्ने उल्लेख छ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update