Mero Chitwan
अर्थमन्त्री महतद्वारा संसद्‍मा प्रि-बजेट छलफलका लागि प्रस्ताव पेश

काठमाडौं - प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को प्रिबजेट छलफलका लागि संसद्‍मा प्रस्ताव पेश गरेका छन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेकमाथिका छलफलका लागि पेश गरिएको प्रस्तावमा फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते छलफलका लागि समय तोकिएको छ । सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा छलफलमा भाग लिनेछन् ।

नयाँ व्यवस्था अनुसार सरकारले बजेटको प्राथमिकता र सिद्धान्त फागुनभित्रै संसद्‍मा पेस गर्नुपर्नेछ भने सरकारको प्रस्तावमा संसद्‍ले छलफल गरी चैत १५ भित्रै सरकारलाई सुझाव दिनुपर्नेछ ।

अर्थमन्त्री महतले प्रिबजेट छलफलका लागि प्रस्ताव पेश गर्नुअघि भने विपक्षी सांसदहरुले विवादित मन्त्रीहरुको राजीनामा माग गर्दै केहीबेर संसद् बैठक अवरोध गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update