Mero Chitwan
जब बैंक खाताबाट १९ लाख डलर गायब भयो...

एजेन्सी-एक भारतीय महिलाले देशकै सबैभन्दा ठूलो बैंकका म्यानेजरले आफ्नो खाताबाट १६ करोड रुपैयाँ (१९ लाख डलर) चोरी गरेको आरोप लगाएकी छन् ।

श्वेता शर्मा नामकी महिलाले आफ्नो अमेरिकाको खाताबाट आईसीआईसीआई बैंकमा फिक्स डिपोजिटमा राख्न पैसा ट्रान्सफर गरेकी थिइन् । तर एक बैंक अधिकारीले आफ्नो नामको नक्कली अकाउन्ट बनाएर नक्कली हस्ताक्षर गरी डेबिट कार्ड र चेकबुक लिइ पैसा निकालेको उनको आरोप छ।

"उनले मलाई नक्कली स्टेटमेन्ट दिए, मेरो नाममा नक्कली इमेल आइडी बनाए र बैंक रेकर्डमा रहेको मेरो मोबाइल नम्बर हेरफेर गरे ताकि मैले कुनै पनि रकम निकाल्ने सूचना नपाऊँ," उनले बीबीसीलाई भनिन् ।

sweta-1708915770.JPG

बैंकले  पनि ठगी भएको स्वीकार गर्दै यसमा जो कोही संलग्न भए कारबाही हुने जनाएको छ । 

अमेरिकामा बैंक निक्षेपमा व्याजदर नगण्य भएकाले भारत ल्याएको उनले बताइन् । उनले राजधानी दिल्ली नजिकैको पुरानो गुरुग्राममा रहेको आईसीआईसीआई शाखामा गएर गैरआवासीय भारतीयहरूको लागि एनआरआई खाता खोले र २०१९  मा आफ्नो अमेरिकी खाताबाट पैसा ट्रान्सफर गर्न थाले।

‘सेप्टेम्बर २०१९ देखि २०२३ डिसेम्बरसम्मको चार वर्षको अवधिमा हामीले आफ्नो जीवनभरको बचत करिब १३ करोड ५० लाख रुपैयाँ बैंकमा जम्मा गरेका छौँ,’ उनले भनिन्, ‘व्याजसहित यो रकम १६ करोडभन्दा बढी हुने थियो ।

शाखा प्रबन्धकले "मलाई सबै बैंक निक्षेपहरूका लागि रसिदहरू दिए, मलाई मेरो आईसीआईसीआई खाताबाट नियमित रूपमा इमेल स्टेटमेन्टहरू पठाउथे र कहिलेकाहीँ कागजातहरूको फोल्डरहरू पनि पठाउथे ।"  आफूले कहिले पनि केहि गलत भएको शंका नगरेकाे उनले बताइन् ।

ici-1708915802.JPG

जनवरीको शुरुमा बैंकका नयाँ कर्मचारीले शर्मालाई उनको पैसाको राम्रो  रिटर्न मिल्ने प्रस्ताव गरेपछि ठगीको खुलासा भयो। त्यसपछि उनले आफ्नो सबै मुद्दती निक्षेपको रकम गायब भएको थाहा पाइन् ।  निक्षेपमा २ करोड ५० लाखको ओभरड्राफ्ट पनि लिइएको थियो ।

"मेरो श्रीमान् र म छक्क पर्यौं। म एक अटोइम्यून डिसअर्डरबाट पीडित छु र म यति आघातमा परें कि म एक हप्तासम्म ओछ्यानबाट उठ्न सकिनँ," उनले भनिन्। शर्माले आफूले सबै जानकारी बैंकलाई दिएको र उच्च अधिकारीहरूसँग पटकपटक बैठक गरेको र पैसा फिर्ता पाउने आश्वासन दिएको बताइन् । 

यसैबीच, उनीहरूले आईसीआईसीआईका सीईओ र डेपुटी सीईओलाई पत्र पठाए र रिजर्व बैंक अफ इन्डिया र दिल्ली पुलिसको आर्थिक अपराध शाखा (EOW) मा उजुरी दिएका छन् । 

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update