Mero Chitwan
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको जनाएको हो । 

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।  खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकाले नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ । 

मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ तथा डिजेल र मट्टितेल प्रतिलिटर १६० रुपैयाँ पुगेको छ ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टितेलको १५९ रुपैयाँ तथा झापा, विराटनगर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको १६९ रुपैयाँ ५० पैसा र १५७ रुपैयाँ ५० पैसा डिजेल तथा मट्टितेलको मूल्य कायम भएको छ ।

nigam-1708015485.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update