Mero Chitwan
साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित

काठमाडौं : साफ यू–१९ महिला फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो।प्रतियोगितामा यो नेपालको पहिलो जित हो । नेपालका लागि सेनु परियारले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

यसअघि भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो। 

आफ्नो तेस्रो खेलमा नेपालले माघ २३ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ। चार टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update