Mero Chitwan
कांग्रेसले सतहत्तर जिल्लामा खटायो प्रतिनिधि

 

 

काठमाडौं  । नेपाली कांग्रेसले ‘जरा अभियान’ र १५औँ महाधिवेशन कार्य प्रारम्भ गर्नका लागि ७७ जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी पार्टी सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एकमहिने जरा अभियान’ अन्तर्गत केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिनुभयो ।

यसरी खटाइएका प्रतिनिधिका लागि आज पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको उहाँले उल्लेख गर्नुभयो । “त्यसक्रममा अभियानको उद्देश्यका सम्बन्धमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी गराउनुभएको थियो, नेपाली कांग्रेसका युवानेता प्रताप पौडेलले पार्टीको विशेष महाधिवेशनबाट पारित गरेको विधान, खटिने प्रतिनिधिको कार्यविधि र प्राविधिक विषयका पक्षमा जानकारी गराउनुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय प्रतिनिधिको आजको अभिमुखीकरण कार्यक्रमबाट १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार कार्य प्रारम्भ भएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिनुभयो । विसं २०८३ वैशाख १ गतेदेखि एकमहिने जरा अभियान सञ्चालन गर्ने र त्यसअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको साङ्गठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गरिने जनाइएको छ । यस्तै, सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन तथा स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको जनाइएको छ ।

जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिसक्नुभएको छ, त्यसैगरी जिल्लामार्फत छ हजार ७४३ वटै वडामा प्रतिनिधिहरु खटाइनेछ । आगामी वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनासम्म सदस्यता अद्यावधिक गरिनेछ । वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नु पर्नेछ । यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यहरूले मात्र कांग्रेस ‘आइडी’ प्राप्त गर्नेछन् र १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन्”, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले खटाइएका प्रतिनिधिमा कोशी प्रदेशको ताप्लेजुङमा मोरङका बाबुराम (वासु) कोइराला, पाँचथरमा तेह्रथुमका तुलसी सुब्बा, इलाममा धनकुटाका अग्निप्रसाद पौडेल र झापाका मेदिनीप्रसाद सिटौला, सङ्खुवासभामा ताप्लेजुङका मङ्गल म्यान्याङ्बो, तेह्रथुममा झापाका सुरेशकुमार योङ्ग्या, धनकुटामा तेह्रथुमकी शारदा कोइराला, भोजपुरमा मोरङका सूयर्माराज राई, खोटाङमा ओखलढुङ्गाकी बाला अधिकारी, सोलुखुम्बुमा झापाकी उमा सिवाकोटी र ओखलढुङ्गामा सुनसरीकी दिलकुमारी राई रहनुभएको छ । यस्तै, उदयपुरमा इलामका हिमालय कर्माचार्य र बाराका नवराज त्रिपाठी, झापामा मोरङका वसन्त भट्टराई र तेह्रथुमका रुद्र कन्दङ्वा, मोरङमा झापाका सुधीर सिवाकोटी र इलामका नरेन्द्रकुमार कुमाल, सुनसरीमा मोरङका अमृतकुमार अर्याल र यदु बिष्टलाई खटाएको छ ।

मधेस प्रदेशको सप्तरीमा रोल्पामा मनोजमणि आचार्य र पर्साका राकेश सिंह, सिराहामा पर्साका रामरुपप्रसाद कुर्मी र सर्लाहीका दिपकप्रसाद अधिकारी, धनुषामा मोरङका केशव निरौला र अछामका तपेन खड्का, महोत्तरीमा धनुषाका निलम शाह र पर्साका अजयकुमार द्विवेदी, सर्लाहीमा सुनसरीकी नवोदिता चौधरी र सिन्धुपाल्चोकका बलदेव तिमल्सिना, रौतहटमा काठमाडौँकी प्रतिमा गौतम र सप्तरीका इन्जिनियर सकलदेव सुतिहार, बारामा ललितपुरका मथुराप्रसाद घिमिरे र रामेछापकी बिनिता खड्का, पर्सामा रौतहटकी अञ्जु झा र धनुषाका प्रफुल्लकुमार घिमिरेलाई खटाएको छ ।

 यसैगरी बागमती प्रदेशको दोलखामा सिन्धुपाल्चोकका शिव सुनार, रामेछापमा काठमाडौँका किरण गिरी, सिन्धुलीमा मकवानपुरकी उमा दहाल र रामेछापका रत्न कार्की, काभ्रेमा ललितपुरकी गीता सत्याल र धादिङका अर्जुनकुमार उप्रेती, सिन्धुपाल्चोकमा काठमाडौँका डाक्टर सुरजकुमार काफ्ले र धर्मराज गौतम, रसुवामा नुवाकोटकी सीता मिजार, नुवाकोटमा भक्तपुरका अष्टकुमार कवे र काठमाडौँका इन्जिनियर लक्ष्मण केसीलाई खटाइएको छ । धादिङमा नुवाकोटका केदारनरसिंह केसी र काठमाडौँका सबिन तामाङ, चितवनमा नवलपुरकी विष्णुदेवी पाण्डे र गोरखाका इन्जिनियर दिपकबाबु कँडेल, मकवानपुरमा काठमाडौँका गङ्गा सुनार र श्रीराम लामिछाने, भक्तपुरमा काठमाडौँका डाक्टर अमित प्रधान र ललितपुरका बाबुराजा चित्रकार, ललितपुरमा काठमाडौँका राजेन्द्रकुमार केसी र गोरखाकी मनकुमारी गुरुङ, काठमाडौँमा गोरखाका चिनकाजी श्रेष्ठ र काभ्रेपलाञ्चोकका सार्कीमान बललाई खटाएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, गण्डकी प्रदेशको गोरखामा पर्वतकी मुना भुसाल र कास्कीका विष्णुबहादुर क्षेत्री, लम्जुङमा तनहुँका प्रकाश पन्त, तनहुँमा कास्कीका रामचन्द्र त्रिपाठी र नवलपुरका गणेश सापकोटा, कास्कीमा म्यादीका रेशमबहादुर बानियाँ र स्याङ्जाका विष्णु पौडेल, मनाङमा लम्जुङका तुलसीनारायण श्रेष्ठ, मुस्ताङमा तनहुँका डाक्टर कृष्ण गौतम, पर्वतमा बागलुङका जगदीशचन्द्र उपाध्याय, स्याङ्जामा पर्वतका सनम बेगम र कास्कीका डाक्टर कृष्णप्रसाद पौडेल, म्यादीमा तनहुँकी लक्ष्मी आचार्य, बागलुङमा कास्कीका कृष्णबहादुर केसी र नवलपुरका मनोहर पराजुली, नवलपुरमा चितवनका जितनारायण श्रेष्ठ र काठमाडौँका सुशील भट्टलाई खटाएको छ । लुम्बिनीको नवलपरासीमा रुपन्देहीका धरामबहादुर कार्की र रमेश खनाल, रुपन्देहीमा पाल्पाका राजेन्द्रगोपाल सिंह र प्यूठानकी निमा गिरी, कपिलवस्तुमा अर्घाखाँचीका कमलप्रसाद भुसाल र दाङका कमलकिशोर घिमिरे, पाल्पामा अर्घाखाँचीकी निर्मला क्षेत्री र रुपन्देहीका हरिप्रसाद न्यौपाने, अर्घाखाँचीमा गुल्मीका छन्दबहादुर पहराई मगर, गुल्मीमा नवलपरासीका राधेश्याम पाठक र कपिलवस्तुका कृष्ण गिरी, रुकुम पूर्वमा अर्घाखाँचीका लेखनाथ पोखरेल, रोल्पामा प्यूठानका अमरप्रसाद भण्डारी, प्यूठानमा गोरखाका दिनेश सुनार, दाङमा बर्दियाकी पवित्राकुमारी अर्याल र नवलपुरका शङ्कर तिवारी, बाँकेमा दाङका केशवराज शर्मा आचार्य र गुल्मीका मोतिलाल भण्डारी, बर्दियामा दाङका प्रदीपराज शर्मा र गुल्मीका प्रेम भण्डारीलाई केन्द्रीय प्रतिनिधि खटाएको छ । यसैगरी कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोटका महेन्द्र शाह, सल्ल्यानमा सुर्खेतका तीर्थजङ्ग शाही, डोल्पामा सुर्खेतकी जानकी सिंह, जुम्लामा कालीकोटकी छायाँ सुनार, मुगुमा जुम्लाकी रामदेवी खड्का, हुम्लामा सुर्खेतका कमलराज रेग्मी, कालीकोटमा दैलेखका सूर्यबहादुर विक, जाजरकोटमा रुकुम पश्चिमका गोपालजीजङ्ग शाह, सुर्खेतमा कालीकोटका नारायणप्रसाद भट्टराई, दैलेखमा जाजरकोटका दिपकजङ्ग शाह र रुकुम पश्चिमका खड्ग डाँगीलाई केन्द्रीय प्रतिनिधि खटाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरामा अछामका टिकाराम खनाल, बझाङमा कञ्चनपुरका गोविन्दराज बोहोरा, डोटीमा कैलालीका निपा चोख्याल, अछाममा कैलालीका हिमबहादुर रावल र कञ्चनपुरका लेखराज जोशी, दार्चुलाका कञ्चनपुरका गोविन्दराज जोशी, बैतडीमा कञ्चनपुरकी सन्तोषी साउद ऐरी, डडेलधुरामा दार्चुलाका गणेश भट्ट, कञ्चनपुरमा बैतडीका नरेन्द्रप्रसाद भट्ट र दार्चुलाका पदमराज पन्त, कैलालीमा बझाङका जगतप्रसाद जोशी र स्याङ्जाका युवराज पाण्डेयलाई खटाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update