एसियन कप क्वालिफायर : श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक

काठमाडौं– एसियन कप क्वालिफायर महिला फुटबलमा श्रीलंकाविरुद्ध नेपालले ८–० गोल अन्तरले जित निकालेको छ ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल थप्यो ।
गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरे । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।
उज्वेकिस्तानमा जारी खेलमा नेपालको यो लगातार दोस्रो खेल हो । पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ २२:४०
प्रतिक्रिया दिनुहोस्