
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताएका छन् ।
आज श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने बताए ।
उनले नागरिकका आवश्यकता अनुसार प्रदेश घटबढ पनि हुनसक्ने बताए । “लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्दछ । अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्दछन् । ७ वटा प्रदेश ९ वटा पनि हुनसक्छ, ७ वटा प्रदेश ५ वटा पनि हुनसक्छ । त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ । त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यस अनुसार गर्ने कुरा हो ।” उनले भने ।
ओलीले आफूले विगतमा संघीयता नचाहेको र ०६२-६३ को माग पनि संघीयता नरहेको उल्लेख गर्दै अब संघीयता आइसकेकाले यसलाई सुदृढ गर्न लाग्नुपर्ने बताए ।