Mero Chitwan
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

चितवन- उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा श्रेष्ठ एक हजार ५१५ मतसहित विजयी भएका हुन्।  श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत पाए। 

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । पन्त भने एक्लै निर्वाचनमा भाग लिएका थिए ।  संघको नयाँ कार्यकालको लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

उवासंघ चितवनको नयाँ कार्यसमिति

अध्यक्ष : सुमनकुमार श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष : चिरञ्जीवी सुवेदी
उपाध्यक्ष (उद्योगतर्फ) : अशोक अधिकारी
उपाध्यक्ष (वाणिज्यतर्फ) : राजेन्द्र ओली
उपाध्यक्ष (कर्पोरेट/वस्तुगततर्फ) : नारायण प्रधान

कार्यसमिति सदस्य (महिलातर्फ)
अस्मिता तिमिल्सिना

कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ
मणिरत्न शाक्य

कार्यसमिति सदस्य कर्पोरेटतर्फ
अमित कौडेल
राजकुमार कानु

कार्यसमिति सदस्य (उद्योगतर्फ)
इमान्दु बराल
अशोक श्रेष्ठ
पूर्णिमा जोशी श्रेष्ठ
धनप्रसाद पोखरेल
उपेन्द्र पण्डित
शंकर अधिकारी

कार्यसमिति सदस्य वस्तुगततर्फ
दिपक काफ्ले
नरेश खनाल
विष्णु लम्साल
शंकरप्रसाद घिमिरे

कार्यसमिति सदस्य (वाणिज्यतर्फ)
गुणराज पौडेल
श्रीकृष्ण लम्साल
दीपा शाही
सन्तोषजनक भुसाल
दाताराम घिमिरे
सुनिता लिगल कर्माचार्य

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update