टी-२० विश्वकप :  नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ- टी-२० विश्वकपको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको हो।
बंगलादेशलाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिए। सन्दीपले आफ्नो टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सय विकेट समेत पूरा गरे।
बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। शकिव अल हसले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रशिद हसनले १३/१३ रनको योगदान दिए।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०७:२८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
