टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
                        
                        
                                                
                                            काठमाडौं- टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द भएको हो ।
नेपाली समयअनुसार बिहान सवा ५ बजे खेल सुरु हुने तालिका थियो । तर वर्षा नरोकिएपछि खेल रद्द भएको आधिकारिक घोषणा गरिएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीलाई १–१ अंक बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमश: दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो
नेपाली टोलीले अब क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०६:४७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
