सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कायमै राख्ने कांग्रेसको निर्णय
                        
                        
                                                
                                            
                                                                    काठमाडौं : सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कायमै राख्ने कांग्रेसको पदाधिकारी बैठकले निर्णय गरेको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बदाधिकारी बैठकले समिति गठन नभएसम्म संसद् अगाडि बढ्न नदिने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुखले देखाएको भूमिकाबारे पनि कांग्रेसले आपत्ति जनाएको छ । सरकारले आगामी जेठ १ गते संसदमा पेस गर्ने नीति तथा कार्यक्रम लगायतका विषयमा भने सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल गरेर निर्णय गर्ने जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १३:५१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
