Mero Chitwan
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी

कठमाडौं- बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पछि पार्दै विजयी भएका छन् । 

एमालेका दमन भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएका छन् भने कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत ल्याएका छन् । 

यस्तै माओवादी केन्द्रका जनक बुढाले ३ हजार ९ सय ६७ मत ल्याउनुभएको छ भने एकीकृत समाजवादीकाका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update