Mero Chitwan
उपनिर्वाचन अपडेट : इलाममा एमालेको फराकिलो अन्तर, बझाङमा कडा टक्कर दिँदै कांग्रेस

काठमाडौंः प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले पछ्याइरहेका छन् । एमालेका सुहाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका खड्काले ७ हजार ३२४ मत ल्याएका छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ६ हजार ९ सय ९ र रास्वपाका मिलन लिम्बुले १५ सय १२ मत ल्याएका छन् । एमाले र कांग्रेसबीचको अन्तर ३७ सय ५४ रहेको छ । 

बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन्। भण्डारी ९ मतले मात्रै अगाडि छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update