Mero Chitwan
उपनिर्वाचन अपडेट : इलाम र बझाङमा एमालेको अग्रता कायमै

काठमाडौंः प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले पछ्याइरहेका छन् । एमालेका सुहाङले ५ हजार ९२० मत प्राप्त गर्दा कांग्रेसका खड्काले ४ हजार ६६० मत ल्याएका छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले २७१५ र रास्वपाका मिलन लिम्बुले १०९५ मत ल्याएका छन् । पहिलो चरणमा फाकफोकथुम गाउँपालिका र त्यसपछि चुलाचुलीको मत गणना गरिएको छ ।

यस्तै बझाङमा पनि एमालेले अग्रता कायम गरेको छ । त्यहाँ एमालेले ४६ सय ६८ मत पाएको छ भने कांग्रेसले ४ हजार ५ सय ८०, माओवादी केन्द्रले २४४२ र एकीकृत समाजवादीले १ हजार ६ सय ५८ मत पाएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update