Mero Chitwan
उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवैतिर एमालेको अग्रता

काठमाडौंः प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले पछ्याइरहेका छन् । एमालेका सुहाङले ३ हजार ७८३ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २ हजार ७८२ मत ल्याएका छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ र रास्वपाका मिलन लिम्बुले ६६१ मत ल्याएका छन् । पहिलो चरणमा फाकफोकथुम गाउँपालिका १ देखि ५ सम्मको मत गणना गरिएको छ ।

यस्तै बझाङमा पनि एमालेले अग्रता कायम गरेको छ । त्यहाँ एमालेले ३६ सय २६ मत पाएको छ भने कांग्रेसले ३ हजार १, माओवादी केन्द्रले १९०४ र एकीकृत समाजवादीले १ हजार ५२ मत पाएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update