Mero Chitwan
इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु

इलाम-इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।  विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको छ । 

 यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए  । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उनले जानकारी दिए । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनले बताए । 

 मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उनले दिए ।  मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

 मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।

  कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update