Mero Chitwan
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटवार्ता  शुरु

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा (शीतल निवासमा )द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । 

कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्नुहुँदा उहाँलाई राष्ट्रपति पौडेलले स्वागत गर्नुभएको थियो । 

सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी हुनुहुन्छ । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागीता छ । 

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर ( राजा )  शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुग्नुभएको हो । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।  

राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुग्नुभएको हो । 

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्नुहुने रात्रीभोजमा सरिक हुनुहुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update