Mero Chitwan
कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन्। एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावको समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती रहेका छन्।

 

यसअघि एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशको अधिवेशन माग गरेका थिए। दुई दलको माग अनुसार प्रदेश प्रमुख परशुराम खापुङले ६ वैशाखमा प्रदेश सभाको अधिवेशन बोलाएका छन्।

 

 

 

कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई अपदस्त गरेर नयाँ सरकार गठन गर्ने उद्देश्यसहित नेकपा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेस गरेका हुन्।

एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने भन्दै प्रदेश सभाबाट यस्तो निर्देशन दिन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update