Mero Chitwan
लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए शपथ

रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेचरनले मुख्यमन्त्री महरा र अन्य तीन जना बिनाविभागीय मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री महरासँगै नेकपा एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले मन्त्रीको शपथ लिएका हुन् ।

माओवादी केन्द्रका महरा एमाले, नागरिक उन्मुक्ति, जसपा, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्यको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update