Mero Chitwan
आइपीएल : गुजरातमाथि पञ्जाब टाइटन्सको रोमाञ्चक जित

 

काठमाडौँ-पञ्जाब किंग्सले आईपीएल २०२४ मा गुजरात टाइटन्समाथि रोमाञ्चक तीन विकेटको जित हात पारेको छ । बिहीबार जितका लागि दुई सय रन पछ्याएको पञ्जाब जितसम्म पुग्दा एक बलको खेल बाँकी थियो।

पहिले ब्याटिङ गरेको गुजरातले कप्तान सुभमन गिलको ८९ रनमा चार विकेटमा १ सय ९९ रन बनाएको थियो । गिलले ४९ बलमा छ चौका र चार छक्का प्रहार गरे । जवाफमा पञ्जाबले सात विकेट गुमाएर १९.५ ओभरमा दुई रन बनायो ।

त्यसमा शशांक सिंहले २९ बलमा ६१ रन बनाए र नटआउट पनि रहे । उनी नै ‘प्लेयर अफ द म्याच’ पनि भए । यो जितपछि पञ्जावको चार अंक भएको छ । गुजरात पनि चार अंकमै छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update