Mero Chitwan
नेपालीले अब भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने
सांकेतिक तस्बिर

काठमाडौं-अब नेपालीले पनि भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो निर्देशन जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खाता हुनेहरुले भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।

क्रस बोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन-पे र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच गत भदौमा सम्झौता भएको थियो ।

त्यससँगै भारतीयलाई नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सुविधाको औपचारिक सुरुवात भए पनि राष्ट्र बैंकले स्वीकृति नदिँदा भारत जाने नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाएका थिएनन् ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update