Mero Chitwan
कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज (शुक्रबार) को संसद् बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले चैत ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले उपप्रधानमन्त्र तथा गृहमन्त्री लामिछानेलाई समय दिनै लाग्दा सांसदहरूले उठेर विरोध जनाएका हुन् । सांसदहरुको विरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । पुन: बैठक सञ्चालन गर्न सभामुखले तयारी थाल्दा कांग्रेस सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै बेल घेराउ गरेका थिए ।

अब बैठक पर्सि ४ गते आइतबार बस्नेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update