Mero Chitwan
तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं  : सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफरिस गरेको सञ्चार,सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखको रूपमा पठाउन सिफरिस गर्ने निर्णय समेत गरेको हो । 

हाल मधेस प्रदेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update